बाल्यकाल क्यान्सर जीवित २ दिने भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं, १४ भदौ । पहिलो बाल्यकाल क्यान्सर जीवित २ दिने भेटघाट कार्यक्रम सम्पन्न भएको छ । दिर्घजिवी स्वयंसेवी समूहको आयोजना र लायन्स क्लव डिष्ट्रिक ३३५K अन्तर्गत जोन २१, ट्रिजा ढकाल र जोन २८ सुलोचना मानन्धर श्रेष्ठको मुख्य आयोजनामा भाद्र १० र ११ सो कायक्रम सम्पन्न भएका हो ।

सो कार्यक्रममा बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, लायन्स ३२५K डिष्ट्रिक गभर्नर राजेन्द्र कुमार बाटाजु, यमन श्रेष्ठ, नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर ब्रिजेस राज घिमिरे, भक्तपुर क्यान्सर अस्पतालकी बाल क्यान्सर रोग विषेशज्ञ डा.शुष्मा गुरुङ्ग र २०२२ मिस अर्थ अवार्ड विनर डा.सरिषा श्रेष्ठको उपस्थिति रहेको थियो ।

“वी आर द होप फर द रेष्ट”नारा सहितको उक्त कार्यक्रमको मुख्य उद्देश्य क्यान्सर रोकथामका उपाय र क्यान्सर प्रतिको आम जनमानको सोचाइमा परिवर्तन गर्दै समाजमा सचेतना जगाउनु रहेको भोलेन्टियर ग्रुपका अध्यक्ष समिर श्रेष्ठले बताए ।

कार्यक्रमको पहिलो दिन क्यान्सर मुक्त १९ जना बालबालिका र उनीहरुका अभिभावकहरुले अनुभव आदान प्रदान गरेका थिए भने दोस्रो दिन हाइकिङ्ग र भिडियो सुटिङ्ग रहेको थियो । दिर्घजिवी स्वयंसेवी संस्थाद्वारा दिर्घजिवी क्यान्सर सरभाइभर ग्रुप भनेर नौ सदस्यीय समिति समेत गठन गरेको छ । जसले आगामी दिनहरुमा क्यान्सर पीडित बालबालिकाहरुको उत्थानका निमित्त कार्य गर्ने छ ।

कार्यक्रममा डायल अप मिडिया, प्रभु बैंक, नेपाल क्यान्सर अस्पताल, एक्सेलेन्ट सेक्युरिटी सर्भिस, सिप्पी ब्युटी पार्लर, लायन्स डिष्ट्रिक ३२५K अन्तर्गतका विभिन्न व्यक्ति र क्लव लगायतको सहयोग रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्