कोरोना अपडेट– थप २२६ जनामा संक्रमण पुष्टि

काठमाडौ , भदौ १३ । देशभर पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ४०११ जनामा परीक्षण गर्दा २२६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १५२५ नमुनाको पीसीआर परीक्षण गर्दा १४५ जनामा र ८१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २२३ जना संक्रमित निको भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्