बुधबारसम्म गठबन्धनको भागबण्डा टुंगिन्छ: प्रचण्ड

काठमाडौँ, भदौ १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्म गठबन्धनको भागबण्डा टुंगाउने बताएका छन् ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले बुधबारसम्म गठबन्धनमा कुन दलले कति संख्या पाउने भन्ने बारे टुंगाउने बताएका छन् ।

प्रचण्डले दलहरुले बिभिन्न चरणमा तालमेल टुंगाउने गरि छलफल अगाडी बढेको बताएका छन् ।

प्रचण्डले २० गतेसम्म कुन दलले कुन क्षेत्र पाउने भन्ने टुंगाउने तयारी भएको बताए । साथै उनले भदौ २५ गतेसम्म आफ्ना पार्टीका उम्मेदवार समेत टुंगाउने बताए ।

प्रचण्डले स्थानीय तहको निर्वाचनमा भन्दा संसदीय चुनावमा गठबन्धन व्यवस्थित गरिने बताए ।

साथै प्रचण्डले भदौ २० गतेसम्म संस्थागत निर्णय गरेर उम्मेदवारको सिफारिस गर्न निर्देशन दिदै केन्द्रले संस्थागत रुपमा नै उम्मेदवार बारे निर्णय गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्