सर्वोच्चमा बालेनविरुद्ध अवहेलना मुद्दामाथि सुनुवाइ

काठमाडौं, भदौ १३ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त अवहेलना मुद्दाको सुनुवाइ भएको हो।अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । उक्त आदेशको विरुद्धमा बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए। उनले लेखेका थिए- ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्