कोरोना अपडेट– थप २०२ जनामा संक्रमण पुष्टि , एक जनाको मृत्यु

काठमाडौ, भदौ १२ । देशभर पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३८३३ जनामा परीक्षण गर्दा २०२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २०६४ नमुनाको पीसीआर परीक्षण गर्दा १६४ जनामा र १७६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४६२ जना संक्रमित निको भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्