काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र इन्जिनियर राख्ने मेयर शाहको प्रस्ताव
काठमाडौं, भदौ १२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् ।
आज (आइतबार) को नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका हुन् । त्यस्तै काठमाडौं महानगरपालिकाको वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन् ।
त्यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई पाँच सय भत्ता दिने निर्णय गरेको छ । महानगरले हाजिर भएको दिन र काममा खटिएको दिन पाँच सय भत्ता उपलब्ध गराउने भएको हो । सडक फुटपाथमा नगर प्रहरी खटाए बापत यसअघि महानगरले ३ सय भत्ता उपलब्ध गराउँदै आएको थियो । महानगरले काठमाडौंका ३२ वटै वडामा चिकित्सक राख्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्