भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउँदै महानगर

काठमाडौं, भदौ १२ । काठमाडौं महानगरले आज भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको छ।

नगर प्रहरीको टोलीले आज भोटाहिटीमा अवैध संरचना भत्काउने काम सुरु गरेको हो। भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले भत्काएको छ।

पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान थालेको छ।

प्रतिक्रिया दिनुहोस्