एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज, के छ एजेण्डा ?
काठमाडौं, भदौ १२ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने भएकाे हाे ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आसन्न निर्वाचनलक्षित छलफल हुनेछ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा रहेको कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय (परिषद् र आयोग)का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य छन् ।















प्रतिक्रिया दिनुहोस्