नेपाललाई केन्याको रनको १३३ लक्ष्य

काठमाडौं, भदौ १० ।  टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्याबाट १३३ रनको मध्यम लक्ष्य पाएको छ। नैरौविस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले २० ओभर खेल्दै ८ विकेट गुमाएर १३२ रन बनायो।

नेपालका लागि करण केसीले ३ ओभर बलिङ गर्दै २ विकेट, पवन सराफले तीन ओभर बलिङ गर्दै १ विकेट, दिपेन्द्रसिंह ऐरीले ३ ओभर बलिङ गर्दै ३ विकेट र सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २ विकेट लिए। बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो।

पाँच खेलको सिरिजमा नेपाल १–० ले अगाडि रहेको छ।

प्रतिक्रिया दिनुहोस्