कोरोना अपडेट: थप ३२४ जनामा संक्रमण पुष्टि , एकको मृत्यु

काठमाडौ , भदौ १० । देशभर पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३५१५ जनामा परीक्षण गर्दा ३२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १६७३ नमुनाको पीसीआर परीक्षण गर्दा १६३ जनामा र १८४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमित निको भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ११ हजार ९९६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्