सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै, छलफल निरन्तर
काठमाडौं, भदौ १० । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिए अनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ ।
तर टुंगो अझै लाग्न सकेको छैन । बेला बेला बैठक बसे पनि सहमति भने हुन नसकेको हो ।प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन्।
सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई साउनभित्रै सिट बाँडफाँटको प्रस्ताव ल्याउन भनिए पनि निर्धारित समयसीमाभित्र काम सम्पन्न भएको छैन।
त्यसपछि भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि अहिलेसम्म सिट बाँडफाँटको टुंगो लाग्न नसकेको हो । दलहरु सहमतिमा जुटाउने कसरतमा भने जुटि रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्