एमाले केन्द्रीय समितिको बैठक बस्दै, ११ वटा एजेन्डा

काठमाडौं, भदौ १० ।  नेकपा एमालेको केन्द्रीय समिति बैठक आज (शुक्रबार) बस्दै छ।एमाले केन्द्रीय प्रचार विभागमा उपप्रमुख विष्णु रिजालका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।

बैठकका लागि ११ वडा एजेन्डा तय गरिएको उनले जानकारी दिएका छन्। रिजालका अनुुसार अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, उम्मेदवारको छनोटको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन बैठकका एजेन्डा हुन्।

अन्य एजेन्डामा सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियामवली, पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण र समसामयिक विषय छन्।

प्रतिक्रिया दिनुहोस्