प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच जंगी अड्डामा भेटवार्ता
काठमाडौं , भदौ ९ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।
कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जंगी अड्डा पुगेका बेला आज प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
उनीहरूबीच भेटमा के कुरा भयो भन्नेबारे जानकारी दिएको छैन । प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।
राष्ट्रपति र प्रधानसेनापतिबीचको भेटलाई राष्ट्रपति कार्यालयले सामान्य भनेपनि बढ्दो राजनीतिक घटनाक्रमकाबीच जानकारहरूले उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरेका छन् ।
त्यसो त राष्ट्रपति नेपाली सेनाको परमाधिपति हो । तर, उनले प्रधानसेनापति शर्मालाई अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०को विषयमा विवाद आउँदासमेत भेटेकी थिइनन् । एकाएक भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसले अहिले राजनीतिमा तरंग समेत छाएको छ ।
प्रतिक्रिया दिनुहोस्