नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ: बालेन शाह

काठमाडौं, भदौ ९ ।  काठमाडौँ महानगरका बालेन शाहले अल्फाबिटा कम्प्लेक्सका संचालकले आफूसँग नक्सा मागेको भएर आफु नक्सा र डोजर लिएर गएको बताएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै मेयर बालेनले अबदेखि यस्तो गर्न नपरोस् भन्दै सबैले आफै बुझेर अबैधानिकरुपमा बनाइएका संरचना हटाइ दिन अनुरोध गरेका छन् ।

उनले भनेका छन्- उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो ।, मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए । उनले अगाडी भनेका छन्- ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अबैधानिकरुपमा बनाइएका संरचना हटाइदिनु होला । नक्सा जसरी पास भएको छ, त्यहि अनुसार बनाइ दिनुहोला ।’

विहिबार बिहान अनुगमनमा गएको बेला अल्फाबिटाका सञ्चालकसँग विवाद भएपछि फर्किएका बालेन ति संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि फेरी नियम विपरित बनाइएका संरचना भत्काउन डोजर लिएर अल्फाबिटा कम्प्लेक्स पुगेका थिए ।

डोजरले नियमविपरितका संरचना भत्काएको छ । विहिबार विहान काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसको अवलोकन गर्ने क्रममा भवनको नक्साको विषयलाई लिएर कम्प्लेक्सका सञ्चालकसँग आक्रोशित भएका थिए ।

अल्फाबिटा कम्प्लेक्सका सञ्चालकसँग घरको नक्सा देखाउन आग्रह गर्ने क्रममा बालेन आक्रोशित भएका थिए । उनले सञ्चालकलाई बेसमेन्टमा व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दै नक्सा देखाउन भनेका थिए ।

सञ्चालकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै अनुगमन गर्न आउदा नक्सा ल्याउनु पर्दैन भनेपछि बालेन झोक्किँदै ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग’ भन्दै कराएका थिए ।

प्रतिक्रिया दिनुहोस्