थाइल्याण्डका प्रधानमन्त्री निलम्बित
काठमाडौं । प्रधानमन्त्री निलम्बित भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका हुन् ।
उनको कार्यकाल सकिएपनि पदमा रही रहेको भन्दै परेको रिटमा सुनुवाई भएपछि थाइल्याण्डको उच्च अदालतले उनलाई निलम्बन गरेको हो ।
थाइल्याण्डको विपक्षी दलले उनको कार्यकाल सन् २०१४ देखि गणना गर्नुपर्ने र सत्तारुढ दलले सन् २०१९ मा भएको आमनिर्वाचनपछि मात्रै गणना गर्नुपर्ने भन्दै थाइल्याण्डको उच्च अदालतमा मुद्दा दायर गरिएको थियो । सोही बिषयलाई लिएर थाइल्यान्डको उच्च अदालतले उनलाई निलम्बन गरेको हो ।
उनको विरुद्ध परेको मुद्दाको सुनुवाइ गर्न ९ जनाको इजलास गठन गरिएको थियो । अब ओ चान निलम्बनमा परेसँगै थाइल्याण्डका लागि भावी प्रधानमन्त्री चयनको ढोका खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्