बालेनलाई साम्पाङको अर्को कटाक्ष: सबैको बाँच्ने अधिकार हुन्छ, व्यवस्थापन नमिलाइ विस्थापित गर्न हुँदैन

काठमाडौंं, भदौ ९ । अहिले सामाजिक संजालमा धरानका स्वतन्त्र मेयर हर्क साम्पाङ र काठमाडौंका स्वतन्त्र मेयर बालेन शाह बीचमा जुहारी चलेको छ । जुहारीको फायर हर्क साम्पाङले ठट्टा गर्दै सुरु गरेका थिए ।

त्यसपछि दुबैतिर नै दोहोरि चल्यो । र यो क्रम अहिले पनि जारी नै रहेको छ । केहिदिन अगिाडि फाहोरका कारण नै उनीहरुबीच विवाद भयो भने अहिले काठमाडौंका मेयर बालेन्द्र शाहले काठमाडौंमा रहेका अवैध संरचना भत्काउन थालेका छन् । यसको पनि मेयर हर्क साम्पाङले टिपपणी गरेका छन ।

मेयर साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका हुन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन। सबैको बाँच्ने अधिकार हुन्छ! ’

काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्