सिट बाँडफाँटका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक निश्कर्षविहीन
काठमाडौं, भदौ ९ । आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा पेचिलो बन्दै गएको सत्ता गठबन्धनको सिट बाँडफाँटको टुंगो आज पनि लाग्न सकेन् । बेला बेला बैठक बसे पनि सहमति भने हुन नसकेको हो ।
आज बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अन्य विषयमा छलफल गरेर सम्पन्न भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार आजको बैठकमा सिट बाँडफाँटको विषयमा कुनै छलफल नै भएन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। भोलि (१० भदौ) पुनः बस्नेगरी आजको बैठक सकिएको सहभागी एक नेताले बताए ।
आजको बैठकमा नागरिकता विधेयक, शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको बताएको छ । यता भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि अहिलेसम्म सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन् ।
त्यसैगरि गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्य नेताहरुको बिहीबार बिहानको बैठकमा सबै निर्वाचन क्षेत्रबारे आवश्यक गृहकार्य गरी सबै निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन ल्याउन निर्देशन दिइएको छ ।
आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटका लागि भएको छलफलमा थप गृहकार्य गरी १६५ निर्वाचन क्षेत्रकै प्रतिवेदन बुझाउन निर्देशन दिइएको सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।















प्रतिक्रिया दिनुहोस्