अझै लागेन सिट बाँडफाँटको टुंगो, आज पनि कार्यदलको बैठक बस्दै
काठमाडौं, भदौ ९ । आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा पेचिलो बन्दै गएको सत्ता गठबन्धनको सिट बाँडफाँटको टुंगो अझै लाग्न सकेको छैन । बेला बेला बैठक बसे पनि सहमति भने हुन नसकेको हो ।
यसका लागि आज पनि बैठक बस्ने भएको छ सिट बाँडफाँट टुंग्याउन आज पनि कार्यदलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
कार्यदल संयोजक कृष्णप्रसाद सिटौलालाई भने कोरोना लागेकाले अनुपस्थित हुनेछन्। प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन्।
सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई साउनभित्रै सिट बाँडफाँटको प्रस्ताव ल्याउन भनिए पनि निर्धारित समयसीमाभित्र काम सम्पन्न भएको छैन।
त्यसपछि भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि अहिलेसम्म सिट बाँडफाँटको टुंगो लाग्न नसकेको हो । दलहरु सहमतिमा जुटाउने कसरतमा भने जुटि रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्