महाअभियोग सिफारिस समितिले जबरालाई बयानका लागि बोलायो

काठमाडौं, भदौ ८ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरालाई बयानका लागि बोलाएको छ ।

बुधबार सिंहदरबारस्थित कार्यकक्षमा बसेको बैठकबाट जबरालाई यही भदौ १५ गते बयानका लागि बोलाउने निर्णय गरिएको समिति सदस्य लालबाबु पण्डितले जानकारी दिए ।

उनका अनुसार समितिको अर्को बैठक भदौ १५ गते बिहान ११ बजे बस्नेछ ।

यस्तै, समितिको आन्तरिक कार्यविधि पारित गरिएको छ । कार्यतालिकासमेत संशोधनसहित पारित गरिएको छ ।

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि उनको पद निलम्बनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्