जता भावी फोहोर फ्याँक्नु अपराध हो, अब सीसीटीभीबाट खोजेर कारबाही हुन्छ: मेयर शाह
काठमाडौँ , भदौ ८ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा बेला बेलामा समस्या आइरहन्छ । यस कारण यहाँका हरेक चोक र गल्लमिा फोहोरको भुप्र्रो लाग्ने गर्दछ र शहर नै दुर्गन्धित हुन्छ ।
यसरी फाहोरको व्यवस्थापन नहुँदा विभिन्न रोग संमण हुने डर हुन्छ । यसैले पनि समयमै व्यवस्थापन हुन जरुरी छ । अहिले भने फोहोर उठीरहेको छ । यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जथाभावी फोहोर फाल्नु अपराध भएको बताएका छन् ।
बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले यस्तोबताएका हुन् । काठमाडौं उपत्यकाको सबै फोहोर केही दिनभित्रै उठिसक्ने पनि उनले बताए ।
साथै शाहले सीसीटीभीबाट बाटोमा फोहोर फाल्नेको निगरानी गरिने बताएका छन् । त्यस्तै उनले त्यस्ता व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा समेत ल्याइने बताए ।
उपत्यकामा अपराध रोकथाम र नियन्त्रणमा महानगर सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता मेयर शाहले गरे । महानगरले विभिन्न ठाउँमा सीसीटीभी थप्न लागेको पनि उनले बताए ।














प्रतिक्रिया दिनुहोस्