नारायणी नदीमा युवतीले हाम फालिन्, खोज्दै प्रहरी

काठमाडौं, भदौ ८ । चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी पुलबाट एक युवतीले हाम फालेकी छन्।

चितवन खैरहनी नगरपालिका ७ की २६ वर्षीया ऋचा उप्रेतीले मंगलबार दिउँसो नदीमा हाम फालेकी हुन्।

स्थानीयले देखेर खबर गरेलगत्तै प्रहरीले उनको खोजी गरिरहेको भए पनि अहिलेसम्म फेला पार्न नसकिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए। खोजी भने भइरहेको उनको भनाइ रहेको छ ।

उनी विवाहित भएको र एउटा सानो बच्चा पनि भएको उनले जानकारी दिए। उनको विषयमा विस्तृत जानकारी लिन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्