प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो छलफल ?
काठमाडौं , भदौ ८ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चर्चा चलीरहेकै बेला नेताहरुबीच छफल तथा भेटघाट तिब्र रुपमा अगाडि बढिरहेको छ ।
भेटकै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् ।
सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् ।प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाको छ ।
आजको भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको स्रोतले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्