नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड मात्र : प्रचण्ड

काठमाडौं, भदौ ८ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही नभएको बताएका छन् ।

आज चितवनको भरतपर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘आमा बुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता नपाएको समस्या समाधान मात्र अहिलेको विधेयको मुल सार हो,’ प्रचण्डले भने, ‘यसलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही होइन ।’

अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि पुनः राष्ट्रपति कार्यालय प्रमाणीकरणका लागि जान उनले बताए । ‘यसलाई जुन किसिमले प्रचार गरिएको छ, गलत ढंगल र गलत उद्देश्यले प्रचार गरिएको छ’, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्