मदन भण्डारी गोल्डकप आजदेखिः उद्घाटन खेलमा आयोजक र सुदुरपश्चिम-११ भिड्दै
काठमाडौं । मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आजबाट रुपन्देहीमा शुरु हुँदै छ । बुटवलको रामनगरस्थित फुटबल मैदानमा हुने गोल्डकपको एक समारोहकाबीच राष्ट्रिपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोट्स एकेडेमी काठमाडौं र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा एक विदेशी सहित १० टिमले सहभागीता जनाएका छन् । प्रतियोगितामा मलेसियाको हिमालयन एफसीसहित विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मस्र्याङ््दी, थ्री स्टार, सुदुरपश्चिम ११, रमपम झापा ११, आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी र साविक विजेता रुपन्देहीको सुनौलो संगमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५५ हजार नगद प्राप्त गर्ने छन् । बिधागत उत्कृष्टता हासिल गर्नेले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । यस्तै नयाँ अभ्यासका रुपमा खेल अवधिभर प्रत्येक खेलाडीको ३ लाख बराबरको दुर्घटना बीमा गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्