भदौं ६ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु के के छन् ?

काठमाडौँ , भदौ ७ । सरकारले भदौं ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सर्वजनिक गरेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषदको सोेमबारको बैठकले विमानस्थलमा ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने निर्णय खारेज गर्नेलगायतका विभिन्न १६ वटा निर्णय गरेको छ ।

बैठकले पूर्व मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने, आव २०७९/८० का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने लगायतका विभिन्न निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निणर्य सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।

मन्त्रिपरिषदका निर्णयहरु:

 

 

प्रतिक्रिया दिनुहोस्