सत्ता गठबन्धनको बैठक बस्दै, मुख्य एजेण्डा सिट बाँडफाँड

काठमाडौँ, भदौ ७ । सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ सिट बाँडफाँड कार्यदलले काम पूरा गर्न नसकेपछि पाँच दलका शीर्ष नेताहरु आफैं बसेर त्यसबारे छलफल गर्न थालेका हुन् ।

यसअघि मंगलबार पनि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको थियो तर सहमति हुन सकेको थिएन ।यता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँडका विषयमा गठबन्धनमा छलफल जारी रहेको बताएका छन् ।

गठबन्धनमा रहेका दलहरुबीच ०७४ र ०७९ को चुनावको मतपरिणामको आधारमा सिट बाँडफाँड गर्ने सहमति भएपनि सख्याका विषयमा सहमति जुट्न सकेको छैन । सहमति जुटाउने प्रयासमा उनीहरु जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्