एमाले स्थायी कमिटी बैठक बस्दै, चुनाव बारे छलफल गरिने
काठमाडौं, भदौ ७ । चुनाव बारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक अहिले बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो।
बैठकमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीलगायत विषयमा छलफल हुने एमाले कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले बताएका छन् ।
आम निर्वाचनमा एक्लै अगाडि बढ्ने निर्णय गरेको एमालेले चुनाव केन्द्रित योजना बनाउन स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ।
गत साउन २६ गते बसेको एमाले सचिवालय बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।
आगामी मंसिर ४ गते एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदै छ। यसैको तयारीका लागि नेताहरु छलफलमा जुटेका छन् ।















प्रतिक्रिया दिनुहोस्