निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छः प्रचण्ड

काठमाडौं, भदौ ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीभित्रको अन्तर्घातबारे छानविन गर्न गठित समितिको प्रतिवेदन अनुसार कारबाही प्रकृया अघि बढाइने उनले बताएका हुन् ।

पार्टी कार्यालय पेरीसडाँडामा समिति संयोजक टंक राइले पेश गरेको प्रतिवेदन बुझ्दै प्रचण्डले प्रतिवेदन पदाधिकारीका बीचमा छलफल हुने र आवश्यक कारबाही अघि बढाइने बताए । पार्टीलाई अनुशासीत बनाउन प्रतिवेदनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

राजनीतिलाई सहि ढंगले अघि बढाउन र राजनीतिमा देखिएको विकृति विसंगतिलाई समाधान गर्न प्रतिवेदनको अर्थ रहने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्