प्रचण्ड र माधव शेरबहादुरकोमा कमलरी बस्न गए : योगेश भट्टराई
काठमाडौं, भदौ ५ । एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग कमलरी बस्न गएको बताएका छन्।
प्रेस चौतारी रामेछापले आइतबार मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।
राष्ट्रपतिले संसदमा नै फिर्ता पठाउँदासमेत गठबन्धन सरकारले नागरिकता विधेयक जस्ताको तस्तै स्वीकृत गरेर राष्ट्रघाती काम गरेको सचिव भट्टराईको आरोप छ। आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार गठन गर्ने दाबी गर्दै उनले सो विधेयक संशोधन गरेर अघि बढ्ने प्रस्ट्याए।
त्यस्तै, वैवाहिक अंगीकृत नागरिकलाई विनासर्त नागरिकता दिने प्रावधान विश्वका कुनै पनि मुलुकमा नभएको भन्दै सचिव भट्टराईले नागरिकता लिन केही सर्त र अवधि पूरा गर्नैपर्ने बताए। अहिलेको गठबन्धनको सरकारले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेलेको भट्टराईको आरोप छ।















प्रतिक्रिया दिनुहोस्