नेता खनाल भन्छन्- अबको निर्वाचन मेरो लागि अन्तिम हो, यो पटक मात्रै चुनाव लड्छु
काठमाडौं, भदौ ५ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू अन्तिमपटक चुनाव लड्ने बताएका छन् ।
आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले यस्तो बताएका हुन् । उनले आगामी प्रतिनिधिसभा निर्वाचन आफ्ना लागि अन्तिम हुने उल्लेख गरे ।
इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट लड्ने उल्लेख गर्दै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै गठबन्धन कहिलेसम्म रहन्छ यकिन गर्न नसके पनि चुनावसम्म रहने उनले प्रस्ट पारेका छन्।
साथै नेता खनालले एमालेमा दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सिर्जना भएको आरोप लगाउँदै तत्काल तालमेल वा एकताको सम्भावना नरहेको बताए।
अहिले माओवादी केन्द्रसँग निकटता रहेको उल्लेख गर्दै उनले वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनिक कार्यदिशा नमिली तत्काल वाम एकता भने नहुने प्रस्ट्याए।















प्रतिक्रिया दिनुहोस्