कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं, साउन ३१ ।मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

पार्टीका उपसभापति धनराज गुरुङसहितको टोली मंगलबार दिउँसो आयोग पुगेर दल दर्ता गराएका हुन्।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज अन्तिम दिन हो।

निर्वाचन आयोगले साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ताको समय तोकेको थियो।  राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्