बन्चरेडाँडामा तनाब , प्रहरीले गर्यो ५ राउन्ड हवाई फायर, अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने चेतावनी

काठमाडौँ , साउन ३१ । काठमाडौँबाट फोहर फाल्न गएका ट्रकहरूलाई अवरोध पुर्याएपछि बन्चरेडाँडामा तनाब भएको छ ।

स्थानीयले फोहर विसर्जनमा अवरोध खडा गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको हो ।

स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी दिएका छन् ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि झडप भएको एक वडाध्यक्ष तामाङले बताए ।

मैनालीले फोहोर फाल्न प्रहरीले आवश्यक बल प्रयोग गर्न सक्ने पनि बताएका छन् ।

स्थानीयले फोहर विसर्जनमा अवरोध गर्दै आएका छन् । यस कारण पनि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्