नागरिकता विधेयक जस्ताको त्यस्तै अघि बढाउने गठबन्धनको निर्णय

काठमाडौं , साउन ३१ । सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उनीहरूको बैठकले विधेयक हुबहु अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

संसद्बाट बहुमतले पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार आवश्यक रहेको भन्दै प्रतिनिधिसभामै फिर्ता पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्