नेपाल टेलिकमले आम्दानी बढेसँगै नाफा बढायो
काठमाडौं, २८ साउन । नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७।५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको आम्दानी बढेसँगै नाफा बढ्न गएको हो ।
असार मसान्तसम्ममा कम्पनीको आम्दानी ५।४४ प्रतिशत बढेको छ भने अन्य आम्दानी २।५१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी भने समीक्षा अवधिमा ५ प्रतिशत बढेको छ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३।१९ प्रतिशत बढी हो।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने केही घटेको रिपोर्टमा छ । । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८।८८ गुणा रहेको छ।
औषतमा कम्पनीले रामा्र आम्.दानी गर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्