प्रहरी समायोजनको मुद्दा लिएर मधेश प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू धर्नामा
काठमाडौं, साउन २९ । प्रहरी समायोजनको मुद्दा लिएर मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू आइतबारदेखि धर्नामा बसेका छन्।
प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसहित मधेश सरकारका मुखिया र मन्त्रीहरू जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय परिसरमै धर्नामा बसेका हुन्।
संघ सरकारविरुद्ध एक सातासम्म धर्ना यथावत् रहने मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद शाहले बताएका छन्।
संघीय सरकारसँग पटक पटक प्रहरी समायोजनको लागि आग्रह गर्दा पनि कुनै सुनवाई नगरेपछि अन्ततः धर्ना बस्न बाध्य भएको मुख्यमन्त्री लालबाबु राउतले बताए।
उनले संघीयताको सफल कार्यान्वयनका लागि पनि मधेश सरकारले यो कदम चाल्नु परेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस्