प्रचण्ड र बाबुरामबीच एउटै चिह्नमा निर्वाचन लड्ने सहमति

काठमाडौं, साउन २९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई एउटै चिह्नमा निर्वाचन लड्न सहमत भएका छन् ।

प्रचण्ड र भट्टराईबीच आज बिहान भएको भेटवार्तामा एउटै चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको हो ।

दुई दलको बैठक बसेर त्यसलाई औपचारिकता दिने तयारी गरिएको छ । नेसपा अध्यक्ष भट्टराई प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । दुईजना नेताबीच एक्ला एक्लै वार्ता भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्