सेटिङमा जब बजेट बन्छ, तब मन पोल्छ : अध्यक्ष ओली

काठमाडौं, साउन २९ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक बजेट निर्माणको आलोचना गरेका छन्।

अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको आरोप लागे पनि अर्थमन्त्री जनार्दन शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै उनी पुनः पदमा दोहारिइसकेका छन्।तर एमाले अध्यक्ष ओलीले आइतबार बिहान काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै फेरि बजेट निर्माणको आलोचना गरेका हुन्।

कार्यक्रममा सहभागी युवाले तपाईं पनि लामो समय सत्तामा बस्नुभयो, त्यस्तो के काम गर्नुभयो जसले गर्दा अहिलेको सरकारप्रति कटाक्ष गर्नुहुन्छ भनी प्रश्न गरेका थिए।

यसमा जवाफ दिँदै ओलीले आफूलाई वर्तमान सरकारप्रति कटाक्ष गर्ने कुनै रुचि नभएको दाबी गर्दै भने, ‘सेटिङमा जब बजेट बन्छ, व्यापारी आएर करको दररेट तोक्छ, तब मन पोल्छ।’

प्रतिक्रिया दिनुहोस्