वाम गठबन्धन छाड्ने मनस्थितिमा नयाँ शक्ति

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति वाम गठबन्धनबाट बाहिरिने ‘मनस्थितिमा पुगेको छ।

गोर्खा –२ मा उम्मेदवार बन्नबाटै भट्टराईलाई रोकिरहेको माओवादी र सूर्य चुनाव चिन्ह लिदाँ पनि उम्मेदवारमा बाधा परेपछि नयाँ शक्ति वाम गठबन्धनबाट बाहिरिने मनस्थितिमा पुगेको हो।

नयाँ शक्तिका संयोजक भट्टराईले पार्टी बैठकमै आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने वा उम्मेदवारी नै नदिएर गठबन्धनलाई सहयोग गर्ने बताएका छन् ।

भट्टराईले वार्ता जारी रहेको तर माओवादीले जनयुद्धदेखिको हिसाब निकाल्न खोजेको ब्रिफिङ गर्दै सिट बाँडफाँटमा कुरा नमिले गठबन्धनमा रहने / नहरेन सोच्नु पर्ने बताएका हुन्। भट्टराईले बैठकमा यस्तो धारणा राखेपछि नयाँ शक्तिका नेताहरूले नारायकाजी श्रेष्ठ र प्रचण्ड विरुद्ध उम्मेदवारी दिनुपर्ने समेत बताएका छन् ।

नयाँ शक्तिका प्रवक्ता केशव दाहालले परिस्थिति ठिक ढंगले नगए साथीहरूको उम्मेदवारी रोक्न नसक्ने बताए। एमाले अध्यक्ष केपी ओलीले अझै मिलाउने बताइरहेको तर माओवादी केन्द्र पेलेर अगाडि बढ्ने मनस्थितिमा रहेको भट्टराईले बैठकमा ब्रिफिङ गरेका हुन्। माओवादीले नयाँ शक्तिका उम्मेदवार सूर्य चुनाव चिन्ह लिने भएपछि उसले ६० प्रतिशतबाट भाग पाउनुपर्ने तर आफ्नो सिट नछाड्ने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्