सिंहदवार बैद्यखानलाई बचाउन खोज्दा डा.सबरी साहको अवरोध

काठमाडौ, २८ साउन । घाटमा पुगेको सिंहदरवबार बैद्यखानालाई बचाउँन गरिएको प्रयासमा अवरोध उत्पन्न भएको छ ।
बैद्यखाना निरन्तर ओरालो लाग्दै गएको गुनासो आउन थालेपछि स्वास्थ्य मन्त्रालयले बैद्यखानालाई जोगाउन डा. श्यामबाबु यादवलाई निमित्त कार्यकारी निर्देशक पदमा नियुक्त ग¥यो । त्यसपछि पनि समस्या सामधान भएन । उल्टै अर्को विवाद सुरु भयो ।
डा.यादवको प्रवेशलाई त्यहाँ काम गरीरहेका डा. सवरी साहलाई मन परेन । त्यसैले यादवलाई रोक्न डा. साह अदालत देखि मन्त्रालयसम्म पुगेका छन् । अहिले यो विवाद सब्र्बोच्चमा पुगेको छ ।
मन्त्रालयले २०७९ असार १० गते बैद्यखानाका निमित्त कार्यकारिणी निर्देशक डा.सवरी शाहलाई आयुर्बेद विभाग टेकुमा र डा.श्यामबाबु यादवलाई वैद्यखानामा काजमा पठाउने निर्णय ग¥यो । डा.साह २०७७ असार ३१ देखि बैद्यखानाको निमित्त कार्यकारी निर्देशक भइ कार्यरत थिए ।
यसपछि बैद्यखाना समितिका बोर्ड अध्यक्ष डा.बाबुराजा आमात्यको अध्यक्षतामा बसेको बोर्ड बैठकले डा. यादवलाई निमित्त कार्यकारि निर्देशकमा नियुक्त गर्न मन्त्रालयलाई सिफारिश ग¥यो ।
बोर्डको सिफारिशमा मन्त्रालयले २०७९ असार १५ गते डा. यादवलाई निमित्त कार्यकारी निर्देशक पदमा नियुक्त गरेको चिठी दियो । मन्त्रालयको उक्त निर्णयबाट आफू अन्याय परेको जनाउदै सो निर्णय खारेज गर्न माग गरी डा. साह सब्र्बोच्च पुगे । सब्र्बोच्चले असार २१ गते अन्तरिम आदेश जारी गर्दै असार १० गते मन्त्रालयले गरेको निर्णय तत्कालकोलागि कार्यान्वयन नगर्नु÷नगराउन अन्तरिम आदेश जारी ग¥यो । यही आदेशलाई आफू अनुकूल व्याख्या गर्दै डा. साहले बैद्यखानाको प्रमुख आफू भएको दावी गरेका हुन् ।
बैद्यखानाका एक कर्मचारी भन्छन, ‘सब्र्बोच्चको फैसला असार १० गतेको निर्णयसँग सम्बन्धित छ । असार १५को निर्णयमा अदालत बोलेको छैन । त्यसैले कानुनी रूपमा बैद्यखानाको निमित्त कार्यकारी निर्देशक डा. श्यामबाबु यादव हुन् ।’

डा. साह अदालतको निर्णय बोकेर साउन १० गते बैद्यखाना विकास समितिमा हाजिरी गर्न पुगे । तर त्यहाँ कार्यालय प्रमुखको कुर्सीमा डा. यादव बसेका थिए । साह र यादववीच विवाद भयो ।

घाटमा पुगेका बैद्यखानालाई पुनर्जिवन दिने योजना भने साहको छैन । उनको योजना केवल बैद्यखानाको प्रमुख कसरी हुने भन्ने मात्र छ । स्रोतका अनुसार आयुर्बेदिक क्षेत्रमा साहको प्रवेश नै अवैधानिक छ । स्वास्थ्य सेवा ऐनको दफ १२ अनुसार आयुर्बेद चिकित्सामा प्रवेश गर्नु अघि आयुर्बेद चिकित्सा काउन्सिलमा दर्ता हुनै पर्छ । अर्थात आयुर्बेद चिकित्सा काउन्सिलमा दर्ता भइसके पछि मात्र आयुर्बेद डाक्टर हुन सक्ने व्यवस्था ऐनमा छ । तर डा.स्वास्थ्य सेवामा प्रवेश गरेको २ वर्ष पछि मात्र आयुर्बेद काउन्सिलमा दर्ता भएका थिए । उनले २०६०सालमा चिकित्सा सेवा सुरु गरेका थिए भने २०६२मा काउन्सिलमा दर्ता भएका थिए ।
डा. साहले २०७१मा एकै दिन २ ठाउ हाजिरी गरेको पत्ता लागेको छ । यसको पुष्टि भए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई कारबाही गर्न ५ ग्रेड रोक्का गर्न सिफारिश गरेको थियो । साहले एकै दिन मिथिला आयुर्बेद कलेज जनकपुर र जिल्ला आयुर्बेद स्वास्थय केन्द्र सुनसरीमा हाजिरी गरेका थिए । एकै दिन २ ठाउँ हाजिरी गरेको पुष्टि भए पछि अख्यितारले उनलाई कारबाही गरेको थियो । तर कारबाहीको प्रक्रिया सुरु भएकै बेला उनको बढुवा भएको थियो । मन्त्रालयका एक कर्मचारीले भने,‘त्यसैले डा. साहको बढुवा प्रक्रिया नै अवैधानिक छ ।’ यस्ता कुरालाई ख्याल गरि कानूनको सर्वाेच्च निकाय एवं सरकारले ञकारबाही गर्नु चुक्न हुन्न ।

प्रतिक्रिया दिनुहोस्