ओली र लिङ्देनबीच भेटवार्ता , आगामी चुनावमा तालमेल गर्नेबारे छलफल

काठमाडौं, साउन २८ । नेकपा एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।नेताद्वयबीचको भेटमा आगामी चुनावमा तालमेल गरेर जाने विषयमा छलफल भएको हो।

शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी ४ मंसिरमा हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो। गठबन्धन गरेर जानेलगायत विषयमा कुरो भए पनि निर्णयमा पुगिनसकेको बताइएको छ।

लिङ्देन झापा ३ मा चुनाव लड्दै छन्। २०७४ मा पनि एमाले र नेकपा माओवादी केन्द्रसहित वाम गठबन्धनले लिङ्देनलाई समर्थन गर्दा उनी विजयी भएका थिए। उनले कांग्रेसका कृष्ण सिटौलालाई हराएका थिए।

प्रतिक्रिया दिनुहोस्