उम्मेदवार मनोनयनको औपचारिक पत्रको जिम्मेवारी सभापति देउवालाई

काठमाडौं, साउन २८  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ ।आज शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।बैठकको आगामी निर्वाचनमा भाग लिनको लागि कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको अनुसार उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देशन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियान भदौ १० गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको छ ।

निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्ने प्रक्रियाको जिम्मा बैठकले कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्