नाइजेरियामा सेनाको कारवाही, २९ जनाको मृत्यु
काठमाडौँ, साउन २७ । अफ्रिकी मुलुक नाइजेरियाको सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारवाहीमा २९ जना लडाकुको मृत्यु भएको छ ।
केही दिनदेखिको सुरक्षा कारवाहीमा २९ जना मारिएको एवम् ५५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।
तयस्तै अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारवाहीलाई निरन्तरता दिएको छ । कारवाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिए ।
आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएको बताए । सैनिक कारवाहीमा मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन् ।
देशको उत्तर एवम् उत्तरपूर्वी भागमा हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम समूहविरुद्ध सेनाले सशक्त अभियान सञ्चालन गर्दै आएको बताइएको छ ।
सैनिक कारवाहीबीच उक्त समूहका केही सदस्यले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेको नाइजेरियाली सुरक्षा अधिकारीले जनाएका छन् । पछिल्लो समय यहाँ यस्ता थुर्पै घटना हुने गरेका छन्।
प्रतिक्रिया दिनुहोस्