विष्णु माझीले दर्शकलाई पारिन् निराश: ‘चरी जेलैमा २’ बोलको गीतमा पुरानै लय, छैन् नयाँपन

काठमाडौं, साउन २६ । गायिका विष्णु माझीको तिजको नयाँ गीत कहिले आउला भन्ने जिज्ञासा दर्शकमा थियो तर यतिसम्म की विष्णु माझीको गीत बजारमा नआउन्जेल सम्म तिज नै नआएको महशुस आम दर्शले गर्ने गर्छन् ।धेरैले विष्णुको गीत नआउँदासम्म तीज आएको महसुस नै नहुने बताइरहेका हुन्छन् । विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन ।

गत वर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको बताइयो । सुन्दरमणिकै संगीत र भिडियो निर्देशनमा माझीले उक्त ब्लकबस्टर गीत ‘चरी जेलैमा’को दोस्रो सिक्वेल ल्याएकी छन् । ‘चरी जेलैमा २’ बोलको गीत बुधबार बेलुका युट्युबमा रिलिज भएको छ ।

केही शब्दबाहेक गीतको दोस्रो भागमा नयाँपन केही छैन । लय, संगीत र धुनहरु पुरानै छन् । अघिल्लो गीतमै शब्दहरु मिसमास गरेर ल्याइएको गीतमा दर्शक–श्रोताको प्रतिक्रिया पनि नयाँपन छैन भन्नेछ । संगीतमा नयाँ प्रयोग नहुँदा दर्शक–श्रोताले नयाँपन महसुस गर्ने कुरै भएन ।यस वर्ष विष्णुको तीज गीतले भने स्रोतालाई त्यति धेरै सन्तुष्टि दिन सकेन।

अघिल्लो वर्ष विष्णुको तीज गीत ‘चरी जेलैमा’मा निक्कै लोकप्रियता पायो। धेरैले यो गीतसँग विष्णुको जीवनलाई जोडेर हेरे। धेरैले मन पराए। यो वर्ष विष्णुको आवाजमा पोहोरकै गीतको फ्लेबरमा ‘चरी जेलैमा २’ सार्वजनिक भयो। तर पुरानै लयमा ।
विष्णुको गीत पर्खिएर बसेका धेरैलाई यो वर्षको गीतले सकेन। पुरानै स्वादको भएकाले अघिल्लो वर्षको जस्तो यो गीतले खासै छुन नसकेको हो ।

सार्वजनिक गीत उनका श्रीमान् सुन्दरमणि अधिकारीले लेखेका हुन्। गीतमा संगीत पनि अधिकारीकै हो।विनोद बाजुरालीको संगीत संयोजन रहेको गीत अघिल्लो वर्षकै लयमा सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडिओ पनि पुरानै शैलीको छ। भिडियोमा अघिल्लो वर्षकै मोडल ललिता पौड्यालले अभिनय गरेकी छन्।

शिव विकको कोरियोग्राफी रहेको भिडिओ निर्देशन एवम् निर्माण सुन्दरमणिले नै गरेका हुन्।  संगीतमा नयाँ प्रयोग नहुँदा दर्शक र स्रोताले नयाँपन महसुस गर्न नसकेको प्रतिक्रिया दिएका छन्। पुरानै लयमा सार्वजनिक भएका कारण शब्दमा रहेको गम्भीरता पनि मर्न सक्ने स्रोताहरुले प्रतिक्रिया जनाइरहेका छन्।

यता गति बजारमा आएसँगै अहिले सामाजिक संञ्जालमा धेरैले आ आफ्नो टिपण्णी गरिरहेका छन् । उनीहरुले गीतमा नयाँपन नभएको पुरानै शेली भएकाले खल्लो महशुस भएको प्रतिक्रिया जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्