प्रचण्डसँग बाबुराम र नारायणकाजीको संयुक्त भेट, के भयो एक घण्टाको भेटवार्तामा ?

काठमाडौं, साउन २६ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् ।

उक्त भेटमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । बिहीबार बिहान हात्ती वन स्थित एक घरमा तीन नेताबीच करिव एक घण्टा भेटवार्ता भएको छ ।

बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको बताएको छ । भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको बुझीएको छ ।

डा. भट्टराईले औपचारिक रुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् । यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका छन् ।

साथै भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत प्रमुख राजनीतिक दलका नेताहरुलाई भेट्ने डा। भट्टराई निकट नेपसा नेता विश्वदीप पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्