कीर्तिपुरमा जेष्ठ नागरिकको घरबाट मध्यरातमा लुटियो २९ तोला सुन र १ लाख ५० हजार नगद
काठमाडौँ , साउन २५ । कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित एउटा घरबाट २९ तोला सुन लुटिएको छ ।
मच्छेगाउँस्थित ७५ वर्षीय जेष्ठ नागरिकको घरबाट उक्त परिमाणको सुन लुटिएको हो । साउन २४ गते मध्येराति भएको लुटपाटमा ४ जना संलग्न रहेको प्रहरीले जनाएको छ ।
घरमा ३ जना जेष्ठ नागरिक रहेको अवस्थामा मध्यराति लुटेराहरू पसेका थिए । तीनजना जेष्ठ नागरिकमध्ये १ जना घुँडाको अप्रेसन गरेर बसेको तथा २ जना कान सुन्न नसक्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
लुटेराहरूले लाखौँ रुपैयाँका गरगहनाका साथै १ लाख ५० हजार नगदसमेत लुटेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पछिल्लो सयम यस्ता अपराधिक गतिविधि बढ्दै जान थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्