बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी

काठमाडौँ , साउन २५ । काठमाडौंको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भइरहेको छ ।

प्रहरीका अनुसार औद्योगिक क्षेत्रनजिकै रहेको एक जुत्ता कारखानामा आगलागी भएको हो ।

आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगिसकेको प्रहरीले जनाएको छ । तर आगलागीबारे विस्तृत विवरण भने आउन बाँकी रहेको बालाजु प्रहरी वृत्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्