बझाङमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत्त भेटिए
काठमाडौं, साउन २५ । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत्त भेटिएका छन् ।
डरारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा भुपेन्द्र पार्की झुण्डिएको अवस्थामा मृत्त भेटिएको वडा नम्बर-९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिए।
मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन । गए राति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।
प्रतिक्रिया दिनुहोस्