मतपत्र बदर हुन नदिन मतदाता शिक्षालाई प्रभावकारी बनाइन्छ: निर्वाचन आयोग
काठमाडौं, साउन २४ । निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएको छ ।
मंगलबार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा बताएका हुन् । यसअघिका कमी कमजोरीलाई हटाउँदै मतदाता शिक्षा कार्यक्रमलाई अझै प्रभावकारी बनाउने उनले बताए ।
यता सरकारी सञ्चार माध्यमसँगको छलफलका क्रममा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि सुझाव लिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
त्यस्तै, उनले आयोगमा दर्ता भएका ११६ दललाई आगामी निर्वाचनमा भाग लिनका लागि पुनस् दर्ता गर्न आह्वान गरेको जानकारी दिए। प्रवक्ता पौडेलले दुई वा दुईभन्दा बढि दलहरु एउटै निर्वाचन चिन्हमा लड्ने हो भने केन्द्रीय समितिको निर्णयका साथ निवदेन दिनुपर्ने बताए।
उनले आगामी निर्वाचनको तयारी तीव्रताका साथ अघि बढेको पनि जानकारी गराए । आगामी मंसिर ४ गते प्रदेश र संघको निर्वाचन हुँदैछ । यसैको तयराीमा यति बेला आयोग जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्