प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनः हालसम्म १० दल दर्ता

काठमाडौं , साउन २४ । आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म १० दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार मंगलबार अपराह्न १२ बजेसम्म १० दल दर्ता भएका हुन् ।

मंगलबार दशौँ नम्बरमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आयोगमा दर्ता गराइएको छ । यसअघि, पहिलो दलका रूपमा जनमत पार्टी दर्ता भएको थियो ।  यस्तै हालसम्म मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल दर्ता भएका छन् ।

राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी र राष्ट्रिय नागरिक पार्टी दर्ता पनि भएका छन् । हरेक निर्वाचनअघि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्