आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कर्याकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

काठमाडौं, २३ साउन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कर्याकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् ।
संचालक समितिको मिति २०७९ आषाढ ७ गतेको १२०आँै बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठलाई साउन २३ गते देखि लागु हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त गरिएको हो ।

श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि पर्नुभएका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्

कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहक महानुभावहरुलाई समेत स–धन्यवाद व्यक्त गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्